
तुलसीपुरका एक व्यक्तिलाई बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । तुलसीपुर ७ का ३७ बर्षिय यमप्रसाद केसीलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्धामा पक्राउ पुर्जी जारी गरेको हो । बैंकिङ कसुर सम्बन्धी मुद्धामा अनुसन्धान गर्न केसीबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
केसी विरुद्ध पाटन ललितपुर उच्च अदालतमा गत बैशाख २४ गते जाहेरी परेको हो ।
दर्ता भएको जाहेरीका आधारमा गत बैशाख २८ गते पाटन जिल्ला अदालतका न्यायाधिस जनक पाण्डेको निर्देशनमा पक्राउ गर्न अनुमति दिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान शाखाका अनुसन्धान अधिकारी प्रहरी निरिक्षक आदित्यराज बिष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार