
दाङमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक पक्राउ परेका छन् ।
लमही-३ बनगाउँको पृथु कलेजमा अध्ययनरत २१ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित ५५ बर्षिय शेषमणी गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
पीडितले दिएको उजुरीका आधारमा गौतमलाई आइतबार राती ८ बजे उनकै निवासबाट पक्राउ गरिएको हो । गौतमले सोहि दिन साँझ ६ बजेतिर ति युवतीलाई जागिर लगाई दिने प्रलोभनमा पारी आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
पिडित महिला अन्य जिल्लाबाट अध्ययन गर्नका लागि विगत २ बर्षदेखि लमही बस्दै आएको बुझिएको छ । गौतमलाई जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा चलाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरि वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।