२०८१ माघ १ गते मङ्गलवार

बालिकालाई बलात्कार गरेको आरोपमा फरार शिक्षक डेढ महिनापछि पक्राउ

दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका शिक्षकलाई प्रहरीले डेढ महिनापछि पक्राउ गरेको छ ।

घटना पछि फरार रहेका शान्तिनगर गाउँपालिका-७ धनौरीमा रहेको शिवशक्ति माविका शिक्षक शान्तिनगर गाउँपालिका-७ का ३५ वर्षिय खुमान्नद पौडेल रहेको प्रहरीले जनाएको छ । भारतमा लुकिछिपी बसीरहेको सुचना पाएपछि दाङ प्रहरीले पौडेललाई भारतिय प्रहरीको सहयोगमा हिजो भारतबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बिरबहादुर वलीले जानकारी दिनुभयो ।

गत चैत २० गते करिब ८ बजे शान्तिनगर गाउँपालिका-७ धनौरीमा रहेको शिवशक्ति माविका शिक्षक पौडेलले १६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । शिक्षक पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरी थप अनुसन्धान गरी रहेको बताएको छ ॥

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस