२०८० फाल्गुन २१ गते सोमवार

दाङमा डाँका चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

दाङमा डाँका चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले डाँका चोरी मुद्धामा अदालतबाट दोषि ठहर भएका गढवा गाउँपालिका २ का ५२ वर्षिय भागिराम चौधरीलाई शुक्रबार पक्राउ गरेको हो ।

डाँका चोरी मुद्धामा २०६० साल फागुन २ गते जिल्ला अदालतले चौधरीलाई ४ वर्ष ११ महिना दुई दिन कैद सजाय तोकेको हो । यस्तै सोहि मुद्धामा साविकको पुनरावेदन अदालत तुलसीपुरले २०६२ साल असार १९ गते ४९ हजार ५ सय जरिवाना तोकेको र सोहि मुद्धामा साविकको पुनरावेदन अदालत तुलसीपुरले दोषि ठहर गरी २०६२ साल कार्तिक ८ गते ७६ हजार ५० जरिवाना हुने फैसला गरेको छ ।

फरार चौधरीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस