२०८१ जेष्ठ ९ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली भुटानी शरणार्थी नेता टेकराज रिजाल पक्राउ

दाङ- भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो ।

यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

हाल प्रहरी नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएर प्रहरीले सरकारी वकिलको कार्यालयमा पेश गर्ने प्रतिवेदन तयार हुँदैछ ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस