२०८१ चैत्र ६ गते बुधवार

सामुहिक जवरजस्ती करणी अभियोगमा फरार वली पक्राउ

दाङ- दाङमा सामुहिक जवरजस्ती करणी अभियोगमा फरार रहेका एक व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । प्रहरीले सामुहिक जवरजस्ती करणी मुद्धामा फरार रहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ३१ वर्षिय सुनिल वलीलाई घरबाटै पक्राउ गरेको हो ।

वलीलाई सामुहिक जवरजस्ती करणी मुद्धामा गतवर्ष जेठ १९ गते सर्वोच्च अदालतले १६ वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको हो ।

पक्राउ परेका वलीलाई कैद भुक्तानका लागि कारागार तुलसीपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस