२०८२ बैशाख १० गते बुधवार

घट्यो, इन्धनको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो ।

निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, हवाइ इन्धन (आन्तरिक) प्रतिलिटर १६० रुपैयाँ, हवाइ इन्धन (बाह्य) १.३५० डलर तथा खाना पकाउने एलपी ग्यास १८०० रुपैयाँ प्रतिशिलिन्डर रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस