
दाङ, २२ बैशाख । दाङमा २ अर्ब ६३ करोड बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको बैशाख २० गतेसम्म १० महिनाको अवधिमा २ अर्ब ६३ करोड ४० लाख ७५ हजार ४ सय ५५ रुपैँया संकलन भएको हो ।
जिल्लामा संघिय सरकारबाट १ अर्ब ९६ करोड ३३ लाख ९ हजार ३ सय ७३ रुपैँया र प्रदेश सरकारबाट ६७ करोड ७ लाख ६६ हजार २ रुपैँया संकलन भएको काष तथा लेखा नियन्त्रण कार्यालय दाङका सुचना अधिकारी उदयराज भण्डारीले जानकारी दिनुभयो ।
चालुवर्षमा अहिलेसम्मको अवधिमा अघिल्लो आर्थिक वर्षभन्दा कम राजश्व संकलन भएको हो । विकास बजेट खर्च हुन नसक्नु, कोभिड तथा बैंक ब्याजको वृद्धिले व्यवसाय धरापमा पर्नुका कारण लक्ष्य अनुरुप राजश्व संकलन हुन नसकेको खबर गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नुभएको छ ।
प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार