दाङ, २० बैशाख । दाङका ९२ हजार बढी नगदसहित नौ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले घोराही-१८ स्युजाली होटल एण्ड लजमा जुवा खेलीरहेका नौ जनालाई नगद ९२ हजार २७० सहित पक्राउ गरेको हो ।
प्रहरीले होटल संचालक घोराही-१७ का ४६ वर्षिय माधव गैरे, बंगलाचुली-४ का २८ वर्षिय माधव खड्का, बंगलाचुली-२ का ३२ वर्षका भरत घर्तीलाई पक्राउ गरेको हो ।
यस्तै बंगलाचुली-४ का २८ वर्षिय ताराप्रसाद न्यौपाने, बंगलाचुली-६ का २४ वर्षिय पुषक अधिकारी, बंगलाचुली-५ का ३४ वर्षिय दिवाकर वली, सोहि ठाउँ घर भई घोराही-१५ बस्ने ३० वर्षिय नारायण प्रसाद वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
उनीहरुलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार