२०८१ माघ १ गते मङ्गलवार

पिडकविरुद्ध नि:शुल्क अनलाईन निवेदन दिन मिटरव्याज पिडितलाई प्रशासनको अनुरोध

दाङ, २० बैशाख । मिटरव्याज पिडितले पिडकविरुद्ध निशुल्क अनलाईन निवेदन दिन सक्ने भएको छन् । जिल्ला प्रशासन कार्यालय दाङले एक सुचना जारी गरी बैशाख ३१ गतेसम्म निशुल्क निवेदन दिन सक्ने जनाएको छ ।

मिटरव्याज सम्बन्धि जाँचबुझ आयोग २०७९ बैशाख १३ र १४ गतेको पत्र अनुसार मिटर व्याज पिडितलाई पिडक विरुद्ध निशुल्क आवेदनको माग गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले हस्ताक्षर गरेको विज्ञप्तीमा मिटर व्याज पिडितलाई आफुसंग भएका सबुद प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरिएको छ । विगतमा निवेदन दिएकाले समेत अहिले निवेदन दिन सक्ने भएको छन् ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस