सल्यान, ५ बैशाख । सल्यानका स्थानीय सरकारको बेरुजु २९ करोड नजिक पुगेको छ । महालेखा परीक्षकको कार्यालयको ६०औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहमा २८ करोड ८५ लाख ४३ हजार बेरूजु देखिएको हो ।
तीन नगरपालिका र सात गाउँपालिका गरी दश स्थानीय तह रहेको सल्यानमा आर्थिक वर्ष ०७८/०७९ मा सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकामा ५ करोड ९ लाख ५९ हजार अर्थात् ६ दशमलव ९३ प्रतिशत बेरूजु देखिएको छ ।
यस्तै बागचौर नगरपालिकामा १ करोड ५७ लाख ६७ हजार अर्थात् ० दशमलव ९९ प्रतिशत बेरूजु देखिएको छ । कालिमाटी गाउँपालिकामा १ करोड ५ लाख ३० हजार, कपुरकोट गाउँपालिकामा २ करोड ५८ लाख ८५ हजार बेरूजु देखिएको छ ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा ३ करोड ८६ लाख ८८ हजार, शारदा नगरपालिकामा ३ करोड ७१ हजार, दार्मा गाउँपालिकामा ५ करोड ११ लाख २२ हजार, कुमाख गाउँपालिकामा १ करोड २८ लाख ३४ हजार, सिद्धकुमाख गाउँपालिकामा १ करोड १२ लाख ७६ हजार र बनगाड कुपिण्डे नगरपालिकामा ४ करोड १४ लाख ११ हजार बेरूजु देखिएको छ ।
महालेखाको ५९औँ प्रतिवेदनमा सल्यानको ३३ करोड ७१ लाख ८० हजार बेरूजु देखिएको थियो ।