२०८१ जेष्ठ ९ गते बुधवार

दाङमा आगोले जलेर एक जनाको मृत्यु

दाङ, १ बैशाख । दाङमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले निवासी ५८ वर्षका बलिराज एरीको आगोले जलेर मृत्यु भएको हो ।

शुक्रबार बिहान ११ बजे रक्सी पार्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । घटना स्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले रक्सी पार्ने क्रममा नै आगोमा परेर मृत्यु भएको हुन सुक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

जङ्गलमा घाँस काट्न गएकी श्रीमती घरमा आउँदा आगोमा जलेर गम्भिर भएको अवस्थामा भेटिएका बलिराजलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस