
दाङ, २७ चैत । दाङमा चोरी मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । प्रहरीले चोरी मुद्धामा ६ महिना २७ दिन कैद सजाय तोकिएको रोल्पा नगरपालिका वडा नम्बर ८ घर भई दाङको घोराही-४ भानपुर चोकमा बस्ने ४३ वर्षका गंगाराम पुनलाई पक्राउ गरेको हो ।
१५ चैत २०६९ सालमा रोल्पा जिल्ला अदालतले पुनलाई चोरी मुद्धामा दोषि ठहर गरेको हो । लामो समयदेखि फरार प्रतिवादी पुनलाई प्रहरीले शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो । पुनलाई फैसला कार्यान्वयनका लागि रोल्पा जिल्ला अदालतमा पेश गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार