२०८१ बैशाख ९ गते आइतवार

तुलसीपुर कारागारमा २१ जना विदेशी कैदीबन्दी

दाङ, २४ चैत । तुलसीपुर कारागारमा २१ जना विदेशी कैदीबन्दी रहेका छन् । कारगारमा जवरजस्ती करणी, लागुऔषध कारोबार, चोरी लगायतका २१ जना कैदीबन्दी रहेको कारागारका सुचना अधिकारी रम्भा केसीले जानकारी दिनुभयो ।

कारागारमा जेल जीवन बिताउने विदेशी कैदीबन्दी मध्ये अधिकांश भारतीय नागरिक रहेका छन् । खुला सिमा नाकाका कारण नेपालमा भारती नागरिकले विभिन्न अपराध गर्ने गरेको प्रहरीले जनाएको छ ।

कारागारमा लागुऔषधका सात, हातहतियारका तीन, जवरजस्ती करणी, बैंकिङ कसुर, सवारी ज्यान र चोरीका दुई/दुई, अप्राकृतिक मैथुन र कर्तव्य ज्यानका १/१ जना कैदीबन्दी रहेका छन् । तुलसीपुर कारागारमा अहिले ५ सय ५७ कैदी बन्दी रहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस