२०८१ असोज ४ गते शुक्रवार

सिमा नाकामा नेपालीमाथि भारतीयको ज्यादती

भौवानाका (देउखुरी), १४ चैत । भारतसंग सीमा जोडिएको दाङको सिमा नाकामा नेपालीमाथि भारतीयको ज्यादती हुने गरेको छ । पूर्वको अर्ना नाकादेखि पश्चिममा भौवानाकासम्म नेपाली सीमा आसपासमा दिनहुँजसो नेपालीमाथि ज्यादती हुने गरेको हो ।

नेपाल-भारत सीमा क्षेत्र ८५ किलोमिटर लामो छ । पूर्वमा अर्नानाका र पश्चिममा भौवानाकासम्म भारतीय पक्षबाट नेपाली नागरिकमाथि दिनहुँजसो ज्यादती हुने गरेपनि सीमावर्ती क्षेत्रको निगरानी राख्नुपर्ने स्थानीय, प्रदेश र संघीय सरकार मौन बसेको छ ।

एकपटक मात्रै होइन । सीमा नाकाको बास्तविक पीडा अनि समस्या पटक-पटक नेपाल सरकारलाई ध्यानाकर्षण गराइएको छ । तर, भारतसंग सीमा जोडिएको दाङको अधिकांश सीमा नाकाको पीडा एक दशकदेखि निरन्तर उठाउँदा समेत सम्बन्धि निकायको ध्यान कहिल्यै नपुगेको सिमा नाकाका नागरिको गुनासो छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ बइरवा नाकामा नेपाल-भारत सीमावर्ती क्षेत्रको दशगजा देखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुइ नेपाली युवती बलात्कृत भए । तर प्रशासनको मौनता रहेको नेपाली नागरिकको गुनासो छ ।

सीमावर्ती क्षेत्रका नेपाली नागरिकले कुटपिट, लुटपाट, दुर्वयवहार र सार्वजनिक असुरक्षा व्यहोर्नु परिरहेको हुन्छ । तर यस्ता ज्यादती विरुद्ध लाग्नुको सट्टा आधिकारिक अभिलेखसम्म राख्ने गरिएको छैन् ।

दाङको सीमा नाकामा सशस्त्र प्रहरी बलको टोली बस्न थालेपछि विवाद कम हुँदै गएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्यालामाइ गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले बताउनुभयो । नेपाल-भारत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको बाँच्न पाउने हक र सुरक्षा जस्तो संवेदनशील विषयमा कूटनीतिक प्रयासबाट समस्या समाधान गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले दावि गर्नुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस