
घोराही, ७ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन चैत १७ गते हुने भएको छ । क्षेत्रिय समितिको बैठकले क्षेत्रिय सम्मेलन यही चैत १७ गते घोराहीमा गर्ने निणर्य गरेको हो ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा बसेको बैठकले क्षेत्रिय सम्मेलन चैत १७ गते शुक्रवार घोराहीको बहुउद्धेश्य सभागृहमा गर्ने निणर्य गरेको हो । सम्मेलनकालागी सांगठनिक प्रतिवेदन तयारीकालागी सचिव र आर्थिक प्रतिवेदन तयारीकालागी कोषाध्यक्षलाई जिम्मेवारी दिएको छ ।
सम्मेलनकालागी विभिन्न समितिहरु गठन गरिएको छ । जसमा गोपालप्रसाद भुषाल संयोजक एवं धनेश्वर आचार्य, ताराबहादुर डाँगी, लक्ष्मी गिरी थापा र गोवर्धन डाँगी सदस्य रहेको आर्थिक व्यवस्थापन समिति, मधुसुदन अधिकारी संयोजक एवं जंगबहादुर जिसी, निमबहादुर चौधरी, जयभोला परियार, हरिबहादुर घर्ति, तेजमणी दाहाल र बदरुदिन राई सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै खुमा खड्का संयोजक एवं रेखा के.सी, शान्ता घिमीरे, तुलसा वली, पार्वता योगी, शारदा दाहाल र देवा सुवेदी सदस्य रहेको अतिथि स्वागत सत्कार समिति गठन गरिएको छ ।
साथै क्षेत्रिय समितिले चैत १७ गते विहान ११ बजेदेखी घोराहीमा रहेको बहुउद्धेश्य सभागृहमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यमा हुने क्षेत्रिय सम्मेलनमा सहभागी हुनकालागी सम्पूणर् नेता कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला कार्यसमति, महाधिवेशन प्रदेश प्रतिनिधी, प्रदेश क्षेत्रिय समिति, उपमहानगरपालिका, गाउपालिका, वडा, टोल कार्यसमिति, सम्पूणर् क्षेत्रिय प्रतिनिधीहरु, भातृ तथा सुभेच्छुक संघसंस्थाका कार्यसमिति एवं सुभेच्छुकहरुलाई अनुरोध गरेको छ ।