२०८१ बैशाख ७ गते शुक्रवार

राप्ती बबईमा स्ववियू निर्वाचन शुरु, १४१ खस्यो मत

दाङ, ७ चैत । तुलसीपुरको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शुरु भएको छ ।

आज बिहान ८ बजेर ३५ मिनेटबाट मतदान शुरु भएको हो । २ हजार ४ सय ३३ मतदाता रहेको राप्ती बबई क्याम्पसमा बिहान १० बजेसम्म १ सय ४१ जनाले मत खसालेको निर्वाचन अधिकृत टेकन प्रसाद कडेँलले जानकारी दिनुभयो ।

अहिलेसम्म ५७ पुरुष र ८४ महिलाले मतदान गरेका छन् । कुल मतदाताको ५ दशमलव ८ प्रतिशत मत खसेको हो ।

उहाँका अनुसार साँझा ४ बजेर ३५ मिनेटसम्म मतदाताले भोट हाल्न पाउने भएका छन् । चैत ५ गते हुने निर्वाचन विवादका बिच लम्बिएको हो ।

आजको निर्वाचनमा मतदाताको सहभागीता उत्साहजनक रहेको पत्रकार मनोज कुमार आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस