२०८१ चैत्र ८ गते शुक्रवार

आइफोन चोरीको आरोपमा दुर्गा पक्राउ

तुलसीपुर, ६ चैत । तुलसीपुरमा आइफोन चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर-७ का सुस्मिता जिसी पुनको आइफोन चोरेको आरोपमा तुलसीपुर-४ का २० वर्षिय दुर्गा विकलाई पक्राउ गरेको हो ।

उनले चैत २ गते राती चार्जमा राखेको आइफोन मोबाईल चोरी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका पर्वत केसीले जानकारी दिनुभयो । आइफोन चोरी गरेर तुलसीपुर-१९ बिजौरीमा बाँसको झ्याङमा लुकाई राखेको अवस्थामा मोबाईल फोन फेला परेको हो ।

फोन चोरी गर्ने विकले तुलसीपुरका विभिन्न स्थानबाट टिभि, मोबाईल , नगद लगायतका चोरी गरेको समेत स्विकारेको प्रहरीले जनाएको छ । पक्राउ परेका विकविरुद्ध चोरी मुुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस