२०८१ असोज ४ गते शुक्रवार

दाङका चार क्याम्पसमा स्ववियू निर्वाचन (कुनमा कति मत खस्यो ?

दाङ, ५ चैत ।
दाङका नौ सरकारी तथा सामुदायिक क्याम्पसहरूमध्ये आज चार क्याम्पसमा मात्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ ।

चार क्याम्पसमा केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डी, देउखुरी बहुमुखी क्याम्पस लमही, जनता बहुमुखी क्याम्पस गढवा र ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटीयामा बिहान ८ बजेदेखि भएको मतदान अपरान्ह ४ बजे मतदान भएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयुर्वेद विद्यापिठमा १ सय ९७ मतदाता रहेकोमा १ सय ८९ मत खसेको छ । देउखुरी बहुमुखी क्याम्पस लमहीमा १ हजार १ सय ३९ मतदाता रहेकोमा ७ सय ८६ मत खसेको छ ।

जनता बहुमुखी क्याम्पस गढवामा १ सय ९७ मतदाता रहेकोमा १ सय १३ मत खरेको छ भने ऐरावती आदर्श बहुमुखी क्याम्पसमा ६ सय ७४ मतदाता रहेकोमा ४ सय २० मत खसेको वलीले बताउनुभयो ।

निर्वाचन भएका क्याम्पसहरुमा केहिबेरमा नै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।

महेन्द्र बहुमुखी क्याम्पस घोराही, विश्वविद्यालय विद्यापिठ बेलझुण्डी, जनता विद्यापिठ बिजौरी र राप्ती बबई क्याम्पस तुलसीपुरमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको एसपी वलीले बताउजुभयो । तीमध्ये महेन्द्र बहुमुखी क्याम्पस घोराहीले चैत ८ मा निर्वाचन गर्ने निणर्य गरेको छ भने अन्य क्याम्पसमा अझै केही टुंगो नलागेको हो ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस