२०८१ माघ ९ गते बुधवार

महिलालाई सामुहिक जबरजस्ती करणी गरेको आरोपमा दाङका दुई युवक पक्राउ

दाङ, २९ फागुन ।
दाङमा एक महिलालाई सामुहिक बलत्कार गरेको गरेको आरोपमा दुई युवक पक्रा परेका छन् ।

प्रहरीले महिलालाई जवरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ३० वर्षिय निर्मल चौधरी र २३ वर्षिय मनोज चौधरीलाई पक्राउ गरेको हो ।

घोराही-१७ बेलभारमा फागुन २६ गते राती सुतिरहेको समयमा श्रीमानलाई कुटपिट गरी दुवै जानले श्रीमतीलाई सामुहिक बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बिरबहादुर वलीले जानकारी दिनुभयो ।

२९ वर्षिय महिला श्रीमानको खुट्टाको उपचार गराउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएको र दुवै जना फर्कने क्रममा रात परेपछि बेलाभारमा बाहिरै सुतेका थिए । राती करिब साढे १ बजेतिर श्रीमानलाई कुटपिट गरी नजिकैको चौरमा लगेर सामुहिक बलत्कार गरेको खुल्न आएको प्रहरी प्रमुख वलीले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई दाङ देउखुरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस