सल्यान,२८ फागुन ।
सल्यानको कपुरकोट गाउँपालिकाले पहिलो पटक एक जोडीलाई वडाको सिफारिस मार्फत विवाहको अनुमति प्रदान गरेको छ ।
कपुरकोट गाउँपालिका वडा नम्बर ३ पाखापानी निवासी खगेन्द्र सेन र शारदा नगरपालिका १५ मालनेटा निवासी पबित्रा शाहलाई गाउँपालिकाले पहिलो पटक वडाको सिफारिसमा विवाहको अनुमति दिएको हो ।
गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि १२ औं गाउँसभाको निणर्य अनुसार विवाहका लागि वडाको सिफारिस अनिवार्य गरेको हो ।
सेन र शाहले विवाहका लागि आवश्यक कागज पत्र पेश गरी सिmारिस लिन निबेदन दिएकाले उपलब्ध प्रमाण पत्रको आधारमा विवाहका लागि वैवाहिक जिवनको शुभकामना सहित सिफारिस दिइएको वडा नम्बर ३ का अध्यक्ष प्रदिप खड्काले जानकारी दिनुभयो ।
२० बर्ष मुनि बिबाह गर्न नपाइने कानुनी ब्यबस्था भएतापनि गाउँपालिकामा २० वर्ष मुनि विवाह गर्नेको संख्या अत्याधिक भएको पाइएकाले बालबिबाह न्यूनिकरणको कानुनी प्रावधानको सफल कार्यान्वयनको लागि सिफारिस लिनु पर्ने व्यवस्था गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले ३ नम्बर वडा कार्यालयबाट विवाहका लागि पहिलो पटक सिफारिस लिनु हुने सेन र शाहको जोडीलाई सफल वैवाहिक जीवनको शुभकामना दिंदै बालबिबाह न्यूनिकरण गर्ने गाउँपालिकाको संकल्पलाई कार्यान्वयनका लागि साथ दिएकोमा धन्यबाद दिनुभयो ।
उहाले विवाह गर्नका लागि वडा कार्यालयबाट अनिवार्य सिफारिस लिने व्यवस्थालाई अनुशरण गर्न अरुलाई पनि प्रेरित गर्न नब जोडीलाई अनुरोध गर्नुभयो ।
कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले फागुन १५ गते देखि बिबाहका लागि सिफारिस लिनु पर्ने ब्यबस्थाको सुरुवात भएको बताउनुभयो । वलीले कपुरकोट गाउँपालिकाका सबै नागरिक बालबिबाह न्यूनिकरण अभियानमा लागि सकेको भन्दै बालबिबाह पूणर् रुपमा न्यूनिकरण हुने बिश्वास ब्यक्त भयो ।
उहाँले कानुनमा ब्यबस्था भए अनुसार बालबिबाह गर्ने गराउनेलाई ७५ हजार सम्म जरिवाना रहेको र २० बर्ष पुगेकाले वडाको सिफारिस नलिएर बिबाह गर्नेहरुलाई बिबाह दर्ता गर्दा गाउँपालिकाको निणर्य अनुसार ५ हजार जरिवाना गरिने बताउनुभयो । विावाह गर्नका लागि सिफारिस लिंदा भने कुनै शुल्क तिर्नुनपर्ने उहाँले बताउनुभयो ।