
दाङ, २८ फागुन ।
दाङमा चार वर्षिय बालिका बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बलत्कारको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाका ३४ वर्षिय गिरीराज लम्साललाई पक्राउ गरेको हो ।
पक्राउ परेका लम्सालमाथि थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीबिरुद्ध जवरजस्तीकरणीमा मुद्धा चलाउने तयारी गरिएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार