२०८२ जेष्ठ २९ गते बिहिवार

श्रीमती कुटपिटको आरोपमा श्रीमान पक्राउ

दाङ, १६ फागुन । दाङमा श्रीमतीलाई कुटपिटको आरोपमा एक श्रीमान पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर-१७ बनकट्टीका मेघबहादुर रोकालाई पक्राउ गरेको हो ।

रोकाले ४३ वर्षिय श्रीमती निर्मला रोकालाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

तुलसीपुर-१९ स्यालापानी माइतीमा बसेकी श्रीमती निर्मलाको घरमै पुगेर कुटपिट गर्ने श्रीमानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । घाइते श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस