
दाङ, १५ फागुन ।
नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन दाङमा यस वर्ष घट्ने चिन्ता किसानलाई छ । सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटे पनि मौसम अनुकूल नहुँदा जिल्लामा विगतका केही वर्षदेखि तोरीको उत्पादन घट्दै गएको छ ।
यसपाली हिउँसो वर्षा नहुँदा अधिकांश आशा गरे अनुसार तोरी नफलेको किसानले बताएका छन् । मौसमले साथ नदिँदा तोरीलगायतका तेलहन बालीको उत्पादन घटेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानेको भनाइ छ ।
दाङमा सबै किसानले अझै तोरी बाली स्याहारिसकेका छैनन् । तर, कृषि ज्ञान केन्द्र जिल्ला कार्यालयले भने जिल्लामा तोरीको उत्पादनको तथ्यांक तयार पारिसकेको छ ।
जिल्लामा गत वर्ष १८ हजार ३ सय हेक्टरमा रोपेको तोरीको उत्पादन २३ हजार ७ सय ९० मेट्रिक टन थियो । यो वर्ष १८ हजार १ सय १० हेक्टरमा रोपेको तोरीको उत्पादन घटेर २१ हजार ७ सय ३२ मेट्रिक टन मात्रै फालेको तथ्याङ्कमा उल्लेख छ ।