२०८१ असोज ४ गते शुक्रवार

राष्ट्रपतिद्वारा ३८१ कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले ३८१ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नुभएको छ ।

फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा फागुन ७ गतेबाट लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफ गर्नुभएको हो ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस