२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा बाल विवाह गर्ने बेहुलासहित छ जना पक्राउ

दाङ, २९ माघ ।
दाङमा बाल विवाह गर्ने बेहुलासहित ६ जना पक्राउ परेका छन् । घोराही उप-महानगरपालिका वडा नं. १६ बरधन्नेकी १४ वर्षिय बालिकालाई बिवाह गर्ने घोराही-२ रामपुरका २५ वर्षिय सन्तोष परियारलाई पक्राउ गरिएको हो ।

यस्तै विवाह मण्डपबाटै बेहुलीकी आमा र बुवासहित बेहुलाको आमा ४५ वर्षिय सर्मिला दमाई, बेहुलाको अंकल ३२ वर्षका मोहन दमाई र ४० वर्षका सीता नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई बाल विवाह सम्बन्धि कसुरमा दाङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता २०७४ अनुसार बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैँयासम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस