दाङ, २७ माघ ।
तुलसीपुरमा विद्युतका पोलमा अव्यस्थित रुपमा रहेका तारलाई व्यवस्थित गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तारलाई व्यवस्थित गराउने भएको हो ।
पोलका ठाउँ–ठाउँमा राखिएका नेटका बक्स, होचो ठाउँमा भुण्डिएका तारहरुलाई व्यवस्थित गर्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर र्फसालले जानकारी दिनुभयो ।
तारहरुलाई व्यवस्थित गर्ने कुरामा शुक्रबार (आज) सरोकारवाला, सबै इन्टरनेट प्रदायक संस्थासंग भएको छलफलमा सम्बधित पक्ष तार व्यवस्थित गराउने कुरामा सहमत भएको उहाले बताउनुभयो ।
तार व्यवस्थित गर्नका लागि शनिबार (भोली) विरेन्द्र चोकदेखि परिक्षण सुरु गरिने बताउनुभयो । त्यसपछि आउने साता शनिबार देखि विद्युत कार्यालयबाट एक जना प्राविधिक र सम्बन्धित नेटवाला लगायतको सहभागितामा काम गरिने प्रमुख फर्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारी, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि र ईलाका प्रशासन कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।