२०८१ जेष्ठ ८ गते मङ्गलवार

पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाईते

बाँके, १६ माघ ।
नेपालगञ्जमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो ।

श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएको थियो । आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको छ । गंगाको उपचार भइरहेको छ ।

प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ । उनीहरू भारततिर भाग्दै थिए। आइतबार साँझ ७ बजे घटना भएको थियो । ११ बजेतिर घाइतेलाई नेपालगञ्ज ल्याइएको छ ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस