दाङ, ७ माघ ।
बलात्कारको आरोपमा दाङ प्रहरीले एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्कीलाई पक्राउ गरेर उनी विरुद्ध जबरजस्तीकरणिमा मुद्धा दर्ता गरिएको जनाएको छ ।
सल्यान माईत जान भनेर घरबाट हिडेकी महिला समयमै माईत नपुगेपछि महिलाका श्रीमानले खोजी गर्दै आएका थिए । घर फर्केपछि महिलाका श्रीमानले माइत समयमा नगएको बारेमा सामान्य बिबाद गरेपछि श्रीमान र श्रीमती मिलेर जिप्रका आएर कार्की विरुद्ध बलात्कारमा जाहेरी दिएका थिए ।
श्रीमानले श्रीमती आफैलाई बलात्कार मुद्धामा ८-१० दिनपछि जाहेरी हाल्न लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि राजन गौतमले प्रहरी जवान कार्की र ती महिला बिच सम्बन्धमा रहदै आएको र होटलको रजिस्ट्रेशनमा पनि श्रीमान र श्रीमतीकोरुपमा पनि देखिएको जानकारी दिनुभयो । उहाँले कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा राखेर घटनामा अनुसन्धान भइरहेको बताउनुभयो ।