२०८१ चैत्र ८ गते शुक्रवार

युवतीलाई बलत्कार गरेको आरोपमा किशोर डाँगीका विरुद्ध उजुरी


तुलसीपुर, ५ पुस ।
बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा एक युवकका विरुद्ध जाहेरी परेको छ ।

गएको भदौ १७ गते तुलसीपुर- १४ भोजपुर निवासी एक किशोरीलाई तुलसीपुर- ८ अश्वाराको पेट्रोलपम्प नजिकै बलात्कार गरेको भन्दै तुलसीपुर-९ बेलुवा निवासी २१ वर्षका किशोर डाँगीका विरुद्ध उजुरी परेको हो ।

आरोपी किशोर भागेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।

बलात्कार लगत्तै रक्तश्राव र मानसिक तनावसँगै बिरामी परेकी युवतीलाई लामोसमय सम्म उपचार गर्दा समेत निको नभएपछि सोधीखोजी गर्दा घटनाको वास्तविकता खुलेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

बलात्कारपछि पीडक डाँगीले पटक पटक डरत्रास देखाउँदै धम्की दिएका कारण ढिला गरि उजुरी आएको प्रहरीले बताएको छ । युवकका विरुद्ध प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गरको छ ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस