२०८१ माघ ६ गते आइतवार

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर नगरस्तरिय तदर्थ समिति गठन

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर नगरस्तरिय तदर्थ समिति गठन गरिएको छ । तुलसीपुरमा बिहिबार भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको भेलाले लाल बहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय तुलसीपुर नगरस्तरिय तदर्थ समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सचिन पौडेल, उपाध्यक्षमा टिकाजंग वली, महासचिवमा भद्र बहादुर वली, कोषध्यक्षमा ओम बहादुर वली र अन्य सदस्यहरु चयन हुनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग व्यवसायी संघ घोराहीका अध्यक्ष प्रदिप मज्गैयाको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीको विशिष्ट आतिथ्यतामा भेला भएको हो ।

भेलामा प्रमुख अतिथि रिजालले साना उद्योगी व्यवसायीहरुको समस्यालाई समाधान गर्नको लागि आफु प्रतिबद्ध रहने बताउनुभयो । उहाँले व्यवसायीहरुलाई हातमा हात मिलाएर अगाडि बढ्न आग्रह गर्नुभयो । भेलामा नेपाल साना उद्योग व्यवसायी महासंघ दाङका वरिष्ठ उपाध्यक्ष लव अधिकारी, उपाध्यक्ष सागर बस्नेत लगाएतले शुभकामना मन्तव्य राख्नु भएको हो ।

नेपाल साना उद्योग व्यवसायी संघ दाङका वरिष्ठ उपाध्यक्ष लव अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल घरेलु तथा साना उद्योगी व्यवसायी संघ घोराहीका महासचिव नविन पोख्ररेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस