२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुरका भट्टराई गम्भिर घाइते अवस्थामा फेला

दाङ, २२ मंसिर ।

तुलसीपुरमा एक व्यक्ति गम्भिर घाइते अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० चैलाहीका २८ वर्षिय तिर्थराज भट्टराईलाई तुलसीपुर -५ आलुमण्डी नजिकै गएराती घाइते अवस्थामा फेला पारिएको हो ।

उहाँको टाउकोमा गम्भिर चोट रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । अचेत अवस्थामा फेला परेका भट्टराईलाई तुलसीपुरमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ ।

चोटको कारण अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । कसैले आक्रमण गरेको हो वा आफै लडेर घाइते हुनुभएको हो अनुसन्धान भइरहेको डिएसपी मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस