२०८१ माघ ९ गते बुधवार

समानुपातिकमा १ करोड १ लाख ७५ हजार मत गणना हुँदा कसलाई कति ?

दाङ, १५ मंसिर ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । आज बिहान साढे ६ बजेसम्म १ करोड १ लाख ७५ हजार ८९५ मत गणना हुँदा नेकपा एमालले २७ लाख २२ हजार ८३३ मत पाएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६ मत, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत पुर्‍याउन सकेको छैन । एकीकृत समाजवादीले हालसम्म २ लाख ९० हजार १९९ मत पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस