२०८१ माघ ९ गते बुधवार

उपनिर्वाचनको घोषणासँगै मतदाता नामावली दर्ता स्थगन

दाङ, १४ फागुन । रिक्त भएको क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनको घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्यक्रम स्थगन गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आगामी वैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा र बझाङ १ मा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा गरिएका कारण मतदाता नामावलीको काम रोकिएको हो ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने गत असार २५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस