२०८१ माघ १ गते मङ्गलवार

दाङमा श्रीमानबाट श्रीमतीको हत्या

दाङ, २ कार्तिक ।

दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिमेकीले बोटेलाई ढोका बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए । छोराछोरी मामाघर गएका बेला श्रीमान् श्रीमतीबीच झगडा भएपछि लालबहादुरले श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ ।

लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस