२०८१ कार्तिक २० गते मङ्गलवार

बालबालिकासंग भोट मागेको विषयमा कोमल वलीलाई आयोगले सोध्यो, स्पष्टीकरण

दाङ, १९ कार्तिक ।
निर्वाचन आयोगले नेकपा एमाले नेता कोमल वलीलाई स्पष्टीकरण सोधेको छ ।

चुनाव प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको फोटो प्राप्त भएको भन्दै आयोगले एमालेबाट दाङ क्षेत्र क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेकी वलीलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले वलीलाई यस विषयमा २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ ।

‘निर्वाचन प्रचारप्रचारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकाले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?’ आयोगले भनेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस