२०८० फाल्गुन २२ गते मङ्गलवार

२ करोड ३७ लाख थान मतपत्र छपाइ

दाङ, १३ कार्तिक ।
आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम सकिएको छ ।

प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ । आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फका मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस