
रुण्टीगढी,२३ असोज । रोल्पाको रुन्टिगढी गाउँ पालिका वडा न ७ मा बर्षाको कारण एक पसल सहिद दुई घर भत्किएका छन । दशै संगै लगातार परेको बर्षाले पसल गरेको घर भत्कदा पसलमा रहका सामान नस्ट भएका छन ।
रुन्टिगढी गाउँ पालिका वडा नम्बर ७ सतिममा गौसरी बुढाथोकी र घनश्याम बुढाथोकी को किराना पसल भत्कदा ७ कुन्टल चामल ४ गत्ता खाने तेल २५ गत्ता चाउचाउ लगाएत किराना सामाग्री पुरीयर नष्ट भएको छ ।
गत २० गते परेको अबिरले दिउँसो ४ बजे तिर पसल भत्तकिएको जानकारी प्राप्त भएको छ ।वडा नम्बर ७ कै कोवाङ र खाक्सीवनमा समेत एक एक घरमा बर्षाले क्षति पुर्याको वडा न ७ का अध्यक्ष टेकलाल पुनले जानकारी दिनु भएको छ । तर मानविय क्षति भने भएको छैन। त्यस्तै रुन्टिगढी गाउँ पालिका वडा नम्बर ९ एक घरमा चट्याङ परेको छ ।
चट्याङ कारण बिधुतिय सामाग्रीहरु जलेर नष्ट भएको खबर प्राप्त भएको छ । तर मानवीय क्षेति भने नभएको अध्यक्ष चेतलाल खत्रीले जानकारी दिनु भएको छ । यद्यपि बिधुत, टेलिफोन सेवा र ग्रामीण सडक अवरुद्ध हुदा सम्पूर्ण ठाउँको गतिविधि जानकारी पाउन पनि समस्या भएको खबर छ ।
त्यसैगरी सोही गाउँपालिकाको वडा १ मा समेत लाल बहादुर बुढा को एक घर पहिरो ले पुर्न रुपमा बगाउँदा सम्पूर्ण घर भित्रका सामाग्रीहरु क्षेति भएको छ । भने अन्य ६ वटा घर जोखिममा परेका छन । तर मानवीय क्षेति नभएको वडा अध्यक्ष थम बहादुर घर्ती ले जानकारी दिनु भएको छ ।
उता २ नम्बर वडामा पनि पानी ट्याङ्की पहिरोले पुरेको खबर छ । विभिन्न ठाउँका सडक अवरुद्ध हुदा किसान का तरकारी बजार पुर्याउन न समस्या भएको छ । अवरुद्घ मुख्य सडक सगै क्रमिक रुपममा ग्रामीण सडक समेत खुलाउने रुन्टिगढी गाउँ पालिका अध्यक्ष जनक पुनले बताउनु भएको छ