२०८१ मङ्सिर २३ गते आइतवार

पालिकाका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबाना बुझाउन सक्ने


दाङ, २२ असोज ।
स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबाना बापतको रकम बुझाउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा उम्मेदवार भइ कानुनबमोजिम चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनमा रहेको कार्यालय, सात वटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको हो ।

आयोगले यो निणर्यबारे आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । आयोगले कानुनबमोजिमको जरिबाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजश्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस