२०८१ मङ्सिर २२ गते शनिवार

तुलसीपुरमा संचालन हुने महोत्सवका लागि समिति गठन


दाङ, १५ असोज ।
दाङको तुलसीपुरमा मंसिरमा संचालन हुन लागेको महोत्सवका लागि शनिबार विभिन्न समितिहरु गठन गरिएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा आउँदो मंसिर १५ गते देखि २६ गतेसम्म संचालन हुने पर्यटन, प्रवद्र्धन, तथा कुषि व्यापारिक महोत्सवका लागि १२ वटा समिति गठन गरिएको हो ।

गोपाल प्रसाद शर्मा भट्टराईको संयोजकताको प्रचारप्रसार समिति, सन्तोष लामीछानेको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, डम्बर डाँगीको संयोजकत्वमा टिकट व्यवस्थापन समिति, सरोज भारतीको संयोजकत्वमा स्टेज व्यवस्थापन समिति, सन्दीप शेर्पाइलीको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको संस्थाका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

यस्तै सुदन वलीको संयोजकत्वमा सरसफाई समिति, बिमला मगरको संयोजकत्वमा खानपान समिति, निश्चल गुरुङको संयोजकत्वमा सुरक्षा समिति, गौरब केसीको संयोजकत्वमा यातायात तथा पार्किङ समिति, सुदिप नेपालीको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको छ ।

यस्तै सन्दीप गौतमको स्रयोजकत्वमा स्वागत तथा अतिथि सत्कार समिति र आकाश भण्डारीको संयोजकत्वमा झाँकी जुलुस व्यवस्थापन समिति गठन गरिएको छ ।

तुलसीपुर उपहानगरपालिका वडा नंम्बर ६ हात्तिखौवामा महोत्सव संचालन हुन लागेको छ । पुस्कालय स्थापनार्थ संचालन हुन लागेको महोत्सवमा विभिन्न ३५० वटा स्टल रहने छन् । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र १० करोड वरावरको कारोबार गर्ने लक्ष्य रहेको आयोजक संस्था युथ्स अफ तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस