२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुर– ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन


तुलसीपुर, २९ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरिएको छ ।


तुलसीपुर नगर कमिटि सभापती चित्र कुमार स्वर्णकारको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको अध्यक्षमा गायत्री ओली केसी, उपाध्यक्षमा जानकी शाहु, सचिवमा डिल्लिराज न्यौपानेलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा शिशिर चौधरी, सविता शाह, भागिराम चौधरी, ईश्वरी केसी, राजेश कुमार चौधरी, पवित्रा गिरी, गोविन्द विश्वकर्मा र सुनिल विक रहेको नगर उपसभापती मनिषा रेग्मीले जानकारी दिनुभयो ।


भेलामा नगर सदस्य चूडामणि कडेल( चेतन)ले राष्ट्रिय सोतन्त्र पार्टीको एजेण्डा र महत्त्व बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै सभापति स्वर्णकारले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको भन्दै मुलुकका विकृति र विसंगतिलाई समाप्त गर्दै मुलुकलाई विकासको गतिमा अगाडी लैजाने बताएका थिए ।


कार्यक्रमको सहजीकण सचिव मेघराज केसीले गरेका थिए।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस