२०८१ जेष्ठ ५ गते शनिवार

तिन महिना पहिले दाङबाट हराएको मोटरसाइकल प्यूठानमा फेला

दाङ, २२ असार ।
देउखुरीबाट हराएको एउटा मोटरसाइकल ३ महिना पछि प्युठानमा भेटिएको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले प्युठानको बडडाँडामा बेवारिसे अबस्थामा सो मोटरसाइकल फेला पारेको प्रहरीले बताएको छ ।

राप्ती गाउँपालिका ४ निवासी मोहन केसीको रा ६ प ५३४३ नम्बरको मोटरसाइकल गत चैत १७ गते रातिको समयमा घरबाट हराएको थियोे ।

हराएको मोटरसाइकल खोज तलास गरिपाउँ भनी केसीले इलाका प्रहरी कार्यालय भालुबाङमा निवेदन दिएपछि उक्त मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरी टोलीले प्युठानको बड्डाडामा वेवारिसे अबस्थामा फेला पारी सम्बन्धित मोटरसाइकल धनी मोहन केसीलाई बुझाएको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस