दाङ, १३ असोज । राष्टिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले ठुला दलहरुकै वितृष्णाका कारण आफूहरु राजनितीमा आएको र जनताले साथ दिएको बताउनुभएको छ । दाङको घोराहीमा शनिबार आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरुको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गर्न पनि ठुला दलहरुलाई आग्रह गर्नुभयो ।
जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरु एक ठाँउमा रहन नसक्ने भन्दै २०८४ को निर्वाचनले कि आफूहरुको कि भने ठुला भनिएका भ्रष्ट दलहरुको राजनितिक सटर बन्द हुने पनि बताउनुभयो ।
सभापति लामिछानेले अहिले सरकारले भष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गरेको टिप्पणी गर्नुभयो । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरु राष्टिय स्वतन्त्र पार्टिलाई गाली गर्न र आफ्नो लाज ढाक्नलाई मात्र समय खर्चिएको भन्दै राष्टिय पार्टिको चिन्ता भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन र काम गर्न पनि आग्रह गर्नुभयो ।


