२०८३ साउन ११ गते सोमवार

कपुरकोटमा साना किसान सहकारीको महिनादिने वित्तीय साक्षरता तालिम


​कपुरकोट, ५ जेठ । सल्यानको कपुरकोटस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूका लागि सञ्चालन गरेको एक महिने वित्तीय साक्षरता तालिम मंगलबार सम्पन्न भएको छ ।


​गएको वैशाख ११ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन मंगलबार कपुरकोट गाउँपालिका वडा नम्बर ४ को तल्लो किमुचौर, धारखोलाका शेयर सदस्यहरूलाई प्रशिक्षण दिँदै तालिमको औपचारिक समापन गरिएको संस्थाले जनाएको छ ।

​सहकारीले आफ्ना शेयर सदस्यका साथै गैर-सदस्यहरूलाई समेत लक्षित गरी यो तालिम सञ्चालन गरेको थियो । मानव जीवनको समृद्धिका लागि वित्तीय स्रोतहरूको प्रभावकारी व्यवस्थापन गर्ने तथा त्यससम्बन्धी ज्ञान र सीपको प्रयोग गर्न सक्ने क्षमता अभिवृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

​मानिसले आफ्ना सीमित आम्दानीका स्रोतहरूबाट असीमित आवश्यकताहरूलाई प्राथमिकताका आधारमा सही तरिकाले पूर्ति गर्न सक्ने क्षमतालाई आत्मसात् गराउनु नै वित्तीय साक्षरताको मुख्य उद्देश्य रहेको तालिम समापनका क्रममा जोड दिइएको थियो ।


महिनादिनसम्म चलेको यस अभियानबाट स्थानीय नागरिकमा बचत गर्ने बानीको विकास हुने र आर्थिक व्यवस्थापनमा सहजता आउने विश्वास सहकारीले लिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस