२०८३ असार ७ गते आइतवार

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना : दुई जनाको उपचारको क्रममा मृत्यु


रोल्पा, २० पुस । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । दुर्घटनामा अरु ९ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका सुनछहरी गाउँपालिका–४ निवासी १२ वर्षका सुनिल बिक र १२ वर्षकै दीपा पुनको उपचारकै क्रममा गएराती साढे १२ बजेको समयमा मृत्यु भएको हो ।

दुर्घटनामा सुनछहरी गाउँपालिका–४ सिउरीका १५ बर्षीय हिमाल बिक, सोही ठाउँ निवासी १२ वर्षिय अमृता पुन, १४ वर्षिय जमुना बिक, २४ वर्षिय अस्मिता बिक, १५ वर्षिय पवित्रा पुन, १६ वर्षिय शनि बिक, १२ वर्षिय बिपना घर्तीमगर, १५ वर्षिय किसन घर्तीमगर र १५ वर्षकै हस्तिरा बिक घाईत भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई गएराति सवा १ बजेको समयमा लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

रोल्पाका प्रहरीका अनुसार जीप सुनछहरी गाउँपालिका–१ गामखोला क्षेत्रमा गएराती १० बजेको समयमा विद्यार्थी बोकेको बोलेरो जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गएराती १० बजेको समयमा आफैं अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको जिप दुर्घटनामा परेको बताउनुभयो । प्रहरीले जिप चालक लुंग्री गाउँपालिका–७ हर्जाङ छोपे निवासी २५ वर्षीय मनसुर घर्तीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार
प्रतिक्रिया दिनुहोस