२०८३ असार २० गते शनिवार

सल्यानका १९ साना किसान कृषि सहकारीका सञ्चालक, लेखा समिति र कर्मचारीलाई प्रशिक्षण

सल्यान, २३ मंसिर । सल्यान जिल्लामा रहेका १९ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीहरूलाई लक्षित गर्दै मंगलबार एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा साना किसान विकास लघु वित्त वित्तीय संस्था लिमिटेडका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठक, कायम मुकायम प्रमुख पृथबहादुर थापा तथा साना किसान विकास बैंकका सञ्चालक सदस्य सुखदेव न्यौपाने प्रशिक्षण दिनुभएको हो ।

कर्णाली प्रदेश नेपाल कृषि सहकारी संघका संयोजक शेरबहादुर परियारको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रगतिशील साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जितप्रसाद आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस