दाङ, ७ फागुन । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा ११० भन्दा बढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
तुलसीपुर–६, १०, ११ र १२ मा विभिन्न पार्टी परित्याग गरी आएका युवाहरुमध्ये गुरु (आशिष केसी), हेमराज बस्नेत, सुरेश नेपाली, जगदिश वली, प्रविस वली (बन्ती), देवबहादुर महतरा, सुजन डाँगी, घनश्याम वली, सुवास वली, तुलसीपुर–६ का ससी भण्डारी लगायत ११० जनाको टोली सामूहिक रुपमा कांग्रेस प्रवेश गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दीपक गिरी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, जिल्ला सभापति शंकर प्रसाद डाँगीलगायत नेताहरुले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश गरेका युवाहरुमध्ये गुरु (आशिष केसी) ले नेपाली कांग्रेसले युवाको मन जित्ने काम गरेको र नगर सभापति सुरेश हमालले देखाएको नेतृत्व क्षमताले आफूहरुलाई कांग्रेस रोज्न प्रेरित गरेको बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका सभापति सुरेश हमालको पहलमा सम्पन्न भएको हो । सो अवसरमा नेपाली कांग्रेस तुलसीपुर नगर कार्य समितिको आयोजनामा तीज मिलन कार्यक्रमसमेत गरिएको थियो ।


