२०८३ असार ३२ गते बिहिवार

कपुरकोटमा तीज विशेष कार्यक्रम

सल्यान, १ भदौ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व हरितालिका तीज नजिकिदै गरेको अवसरमा कपुरकोट बैंक तथा वित्तीय संस्था तथा सहकारी मिलन केन्द्रले तिज विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रमअन्तर्गत कर्मचारी दिदीबहिनीलाई तीजको दर खुवाउने कार्य सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी दिदीबहिनीहरूले सामूहिक रूपमा दर ग्रहण गर्दै तीज पर्वलाई अझ उत्साहपूर्वक तर तडकभडक बनाउन नहुने बताएका छन् ।

मिलन केन्द्रका सचिव हरि प्रसाद बस्नेतका अनुसार कपुरकोटमा रहेका सबै बैंक, वित्तीय संस्था र सहकारी संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा विशेष उपस्थिति जनाएका थिए । बस्नेतले यस किसिमका कार्यक्रमले कर्मचारीबीच आपसी मित्रता, एकता र सहकार्य प्रवर्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तीजलाई महिलाहरूको उल्लासपूर्ण पर्वको रूपमा लिइन्छ । यो पर्वमा दर खाई, गीत गाउँदै र नाचगान गर्दै महिलाहरूले सामाजिक सद्भाव र उत्साहका साथ उल्लासपूर्वक पर्व मनाउने गर्छन् । कार्यक्रमले पर्वको सांस्कृतिक महत्त्वलाई मात्र होइन, कार्यक्षेत्रमा पनि सामूहिक भावनालाई मजबुत पारेको सहभागीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस