२०८३ भाद्र १३ गते शनिवार

विपद्मा वाईसिएलले तालिमसहितको टोली खटाउछ : अध्यक्ष वली


दाङ, ८ असार । योंग कम्युनिष्ट लिग(वाइसिएल)का केन्द्रीय अध्यक्ष पुष्प वलीले हरेक विपद्मा वाईसिएल अगाडी लाग्ने बताउनुभएको छ । प्रेस सेन्टर तुलसीपुर उपमहानगर शाखाले शनिबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वलीले वाढी पहिरो, डुवान, आगलागीलगायतका विपदमा उद्दारको नेतृत्व वाइसिएलले गर्ने बताउनुभयो ।

उहाँले सबै प्रकारका विपद्मा उद्दारकालागि तालिम दिएरै टिम खटाउने तयारी गरेको समेत बताउनुभयो । उहाँले समाजमा हुने हरेक नकारात्मक कुरालाई अन्त्य गर्ने गरि कार्यक्रम अघि बढाउने समेत बताउनुभयो ।

उहाँले वाईसिएलका हरेक तहका नेता तथा कार्यकता आत्मनिर्भर हुने समेत बताउनुभयो ।

सबै उत्पादनमा जोडिने र पार्टीलाई त्यही मार्गमा हिडाउने समेत उहाँको भनाई छ । प्रेस सेन्टर तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य प्रकाश केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस