२०८३ भाद्र १३ गते शनिवार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राजनीतिक प्रशिक्षण कार्यक्रम


दाङ, ६ असार ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर ब्युरोको आयोजनामा घोराहीमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी पोलिट ब्युरो सदस्य तथा ४ नम्बर ब्युरो सेक्रेटरी समिरको अध्यक्षता एवं पार्टीका स्थायी समिति सदस्य असिम प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रशिक्षण कार्यक्रममा पार्टी पोलिट ब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इञ्चार्ज अटल, पोलिट ब्युरो सदस्य प्रशान्त लगायतका नेताहरूको उपस्थिति रहेको थियो

कार्यक्रममा २०८१ साल मङ्सिर १३ गतेदेखि २३ गतेसम्म सम्पन्न एकता महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमहरू, संगठन संरचना, नियमावली र विधानबारे प्रशिक्षकहरूले विस्तृत व्याख्या गर्दै प्रशिक्षण दिनुभयो ।

राजनीतिक प्रशिक्षणका क्रममा बोल्ने वक्ताहरूले संगठन सुदृढीकरण, वर्ग संघर्षको वर्तमान अवस्था, क्रान्तिकारी आन्दोलनको दिशा तथा कार्यदिशाबारे महत्वपूर्ण विषयमा प्रशिक्षण दिएका थिए । पार्टी नेतृत्वले जनताको पक्षमा बलियो संगठन निर्माण गर्न आवश्यक रहेको भन्दै अनुशासित, सैद्धान्तिक र प्रतिबद्ध कार्यकर्ता निर्माणमा यस्तो प्रशिक्षणले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पहाडले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन पोलिट ब्युरो सदस्य प्रशान्तले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस